आयल निगमले बुझायो आईओसीलाई १६ अर्ब ८० करोड

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) लाई १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको छ । निगमका अनुसार तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो ।

त्यस्तै सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरिएको निगमले जनाएको छ ।

सरकारले ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको हो भने राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको हो ।

ऋण तिरेपछि निगमले आईओसीसँगको बक्यौता रकम घटाएको छ । दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको निगमले जनाएको छ ।

निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम ३१ अर्ब २० करोड थियो । निगमका अनुसार अब भुक्तानी हुन बाँकी रकम १४ अर्ब ४० करोडमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961