धितोको बीमामा चुकेको नेपाल बैंकले १ करोड क्षतिपूर्ती तिर्नुपर्ने ताप्लेजुङ अदालतको आदेश

ताप्लेजुङ । धितो राखेको अचल सम्पत्ति बीमा गर्न चुक्दा नेपाल बैंक लिमिटेडलाई ताप्लेजुङ जिल्ला अदालतले १ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ती भुक्तानीको आदेश दिएको छ ।

धितोवापत राखेको सम्पत्तिको बीमा गर्नको लागी ऋणी मेरिङ्देन गाउँपालिका वडा नं ३ दोभान बजारका हार्डवेयर पसले जीवनप्रसाद पौडेले नेपाल बैंकलाई लिखित स्वीकृति दिए पनि बैंकले बीमा नगर्दा पौडेललाई पुग्न गएको क्षतिवापत बैंकलाई तिराउनको लागी जिल्ला अदालतले आदेश दिएको हो ।

ताप्लेजुङ जिल्ला अदालते नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँ र नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाले १ करोड ३ लाख ११ हजार ४ सय ३८ रुपैयाँ ७५ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको हो ।

अदालतले दुष्कृतिजन्य कार्य गरेको अभियोगमा नेपाल बैंक लिमिटेडलाई दोषी ठहर गर्दै वादी पौडेललाई क्षतिपूर्ति दिलाई भराउन आदेश दिएको हो ।

प्रतिवादी बैंकले दायीत्व पुरा नगर्दा ऋणीलाई क्षति पुगेको भन्दै यो कार्य मुलुकी देवानी संहिता २०७४ को दफा ६७२ (१) (२) र ६७५ (१) बमोजिम दृष्तिकृतिजन्य कार्य भएको ठहर जिल्ला अदालतको फैसलामा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्