श्रीलंकाको नयाँ राष्ट्रपतिमा ६ पटक प्रधानमन्त्री बनेका रनिल विक्रमासिंघे निर्वाचित

एजेन्सी । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । मंगलबार श्रीलंकाको संसदले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई राष्ट्रपति निर्वाचित गरेको हो ।

श्रीलंकाको गम्भिर आर्थिक संकटकाबीच राजनीतिक उथलपुथलको अवधि जारी रहेको छ । गोटाबाया राजापाक्षे देश नै छाडेर भागेपछि श्रीलंकाको राष्ट्रपति पदबाट उनले राजीनामा दिएका थिए ।

त्यसपछि भने मंगलबारको संसदद्वारा ७३ वर्षिय विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपति बनेका हुन् । उनले २२५ सांसदमध्ये १३४ सासंदहरुको समर्थन पाएका छन् । उनको विपक्षमा उम्मेदवार बनेका सत्तारुढ दलका सासंद दुल्लास अल्लाहपेरुमाले ८२ सासंदहरुको समर्थन पाएका छन् ।

पाँच दशकको राजनीतिक जीवनमा विक्रमासिंघे पहिलो पटक राष्ट्रपति चुनिएका हुन् । यसअघि उनी ६ पटक प्रधानमन्त्री पनि भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961