फेरी बढ्यो कोरोना : भिडभाड हुने स्थानमा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध

काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमण बढिरहेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेबारे १० बुँदे सूचना समेत जारी गरेको छ । सरकारी, गैर सरकारी तथा भिडभाड हुने स्थानमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्न गराउने लगायत अनुरोध स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्नुपर्ने छ । यस्तै मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ ।

अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बलियो र प्रभावकारी बनाउन मन्त्रालयलको निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्