प्रदेश १ प्रदेश सभाको बैठक आज, नामाकरण टुंगो लगाउनुपर्ने दबाब

काठमाडौं । प्रदेश नं. १ प्रदेशसभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।

प्रदेश नम्बर १ प्रदेशसभालाई आफ्नो यही अन्तिम कार्यकालभित्रै प्रदेशको नामाकरण टुंगो लगाउनुपर्ने दबाब छ । ७ प्रदेश मध्ये प्रदेश १ ले मात्र आफ्नो नाम राख्न सकेको छैन ।

नाम राख्ने विषयमा केहीदिन अघि सर्वदलीय बैठक पनि बसेको थियो । जसमा कार्यकालको अन्तिम अधिवेशनभित्रै नाम राख्नेमा सहमति जुटेको थियो ।

दलहरुबिच प्रदेश नम्बर १ को नाम ‘किरात’ राख्ने विषयमा छलफल भइरहेको छ । तर, सहमति भने जुट्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961