आज ८० नेपाली कामदार इजरायल उड्दै

काठमाडौं । दीर्घकालीन केयर गिभर (स्याहार केन्द्र) का लागि आज ८० जना नेपाली कामदार इजरायल उड्ने भएका छन् । वैदेशिक रोजगार विभागले इजरायल श्रमिक पठाउन गत फागुनदेखि रोकिएको प्रक्रिया शुरू भएको जनाएको छ ।

विभागका अनुसार आज साउन ८ अर्थात जुलाई २४ तारेखमा नेपालबाट ८० जना नेपाली कामदार इजरायल जाँदैछन् । काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट १ सय जना कामदारको भिसासहित राहदानी प्राप्त भइसकेको भएपनि ८० जनाको उडान हुन लागेको हो ।

इजरालय जानका लागि कामदारलाई आफ्नो राहदानी बुझ्न, उडान समूहमा नाम समावेश गराउन, कोरोनाविरुद्धको खोप कार्ड बुझाउन साउन ६ गतेका लागि समय निर्धारण गरिएकोे थियोे ।

इजरायल जाने कामदारले उडानअघि ७२ घण्टाभित्र पीसीआर परीक्षण गराएको हुनुपर्नेछ । परीक्षणमा नेगेटिभ आएकाहरु मात्र इजरायल उड्नेछन् । हवाई भाडा ५९ हजार ९९० रुपैयाँ तोकिएको छ । इजरायल जानेहरूका लागि नागपोखरीस्थित सीलिंक होलिडेले हवाई टिकट बिक्री गरेकोे छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961