श्रीमतीको हत्या पछि भाग्ने क्रममा छतबाट झरेर श्रीमानको मृत्यु

चितवन । चितवनको भरतपुरमा श्रीमतीमाथि खुकुरी प्रहार गरेर भाग्दा छतबाट झरेर श्रीमानको मृत्यु भएको छ । त्यस्तै श्रीमतीको पनि मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राति करिब साढे १० बजे भरतपुर महानगरपालिका वडा नम्बर १० रमाईलो चोक बस्ने बर्ष ४३ को कृष्णप्रसाद आचार्यले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । त्यस्पछि भाग्ने क्रममा आचार्य घरको ३ तलामाथिबाट झरेका हुन् ।

घरायसी बिबाद हुँदा आफ्नै श्रीमती अन्दाजी बर्ष ३५ की रुष्मा आचार्य घिमिरेलाई खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

आफ्नै घरको तीन तलामाथि रहेको बैठक कोठामा खुकुरी प्रहार गरी गम्भीर घाइते भएकी घिमिरेको उपचारका क्रममा राती करिब ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै खुकुरी प्रहार गर्ने श्रीमान कृष्ण प्रसाद ३ तला माथिबाट हामफालेर भाग्न खोज्दा गम्भीर घाईते भएको उनको पनि उपचारकै क्रममा राति ११ बजे नयाँ मेडिकलमा मृत्यु भएको हो ।

उनीहरुको फरक फरक अस्पतालमा तर एकै समयमा मृत्यु भएको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्