२०२३–२०३३ लाई भ्रमण दशकको रुपमा मनाइने प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार ०८:५८ काठमाडौं । सरकारले सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक थिए । कार्ययोजनामार्फत सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने घोषणा गरिएको होे । यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरे पनि बीचमै सिर्जित कोभिड–१९ का कारण प्रभावित हुन पुगेको थियो।