भारतका कारण नेपामा आर्थिक मन्दीको जोखिम न्यून

काठमाडौं । विश्वका अधिकासं बलिया अर्थतन्त्रको तुलनामा भारतीय अर्थतन्त्र सुरक्षीत भइदिँदा नेपाली अर्थतन्त्रलाई फाइदा पुगेको हो ।

भारतीय मुद्रासँगको स्थीर विनिमय दर तथा वैदेशिक व्यापारको अधिकासं हिस्सा भारतमै निर्भर भएकाले पनि सकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा परेको छ । नेपाली मुद्राको विनिमय दर भारतीय मुद्रासंग स्थीर अन्य मुलकसँग पेग गरिएको छ । त्यसले गर्दा पनि भारतीय अर्थतन्त्रमा देखिन सक्ने जोखिमले नेपाली अर्थतन्त्रलाइ पनि प्रभाव पर्छ ।

तर, पछिल्लो समयमा भारतीय अर्थतन्त्रमा देखिएको न्यून जोखिमका कारण नेपाली अर्थतन्त्र पनि सुरक्षित भएको छ । कोरोना महामारी लगत्तै सुरु भएको रुस र युक्रेन युद्धले विश्व अर्थतन्त्र नै तरङगीत भएको छ । त्यतीमात्र नभई बलिया भनिएका अमेरिका चिन तथा अधिकासं यूरोपेली मुलुको अर्थतन्त्र मन्दी उन्मूख छ ।

विश्वको पछिल्लो आर्थिक अवस्थालाई आधार बनाएर अमेरिकी सञ्चार माध्यम ब्लुम्बर्गले गरेको अध्ययन अनुसार अन्य मुलुकको तुलनामा भारतीय अर्थतन्त्रमा मन्दी आउने जोखिम शुन्य रहेको देखाएको छ ।

मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले औसत ब्याजदर बढाएपछि विश्वव्यापी रुपमा आर्थिक मन्दी हुने सम्भावना बढेको अवस्थामा भारतीय अर्थतन्त्रमा त्यसको नकारात्मक असर शुुन्य रहेको अध्ययनले देखाएको छ ।

भारतको सवा अर्बको जनसंख्यामा १० देखि १५ लाख नेपाली कामदार रहेको हुनाले भारतमा मन्दी नै आएपनि बेरोजगार हुने सम्भावना समेत न्यून हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्