पिएसजीले जित्यो ट्रफी डेस च्याम्पियन्सको उपाधि

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ । गएरातिको खेलमा नान्टेसलाई ४–० ले हराउँदै पिएसजीले उपाधि जितेको हो ।

पिएसजीलाई जित दिलाउन नेयमारले दुई तथा लियोनल मेस्सी र सर्जियो रामोसले एकरएक गोल गरे । खेलको २२ औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको थप गरिएको समयमा नेयमारले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ५७ औं मिनेटमा रामोसले पिएसजीका लागि तेस्रो गोल गरे । ८१ औं मिनेटमा जिन चार्लेसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो ।


प्रतिक्रिया दिनुहोस्