सप्तकोसी नदी बेलकाबाट पश्चिमतर्फ पस्यो, २० हजार प्रभावित

काठमाडौं । उदयपुर जिल्लाको बेलका नगरपालिका-८ डुम्री बोटे लाहुरेखोचबाट सप्तकोसी नदी पश्चिमतर्फ पसेको छ । २०३० सालसम्म सप्तकोसी नदी सोही धारबाट बग्ने गरेको थियो ।

अहिले पुनस् सोही धारबाट नदी बग्दा नदीले उकासेको क्षेत्रमा बसोबास गरेका बेलकाका २३ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । अहिलेसम्म ५ हजार जतिलाई सुरक्षित स्थानमा सारिएको छ ।

अरुलाई सार्ने काम भइरहेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । बेलकामा मात्रै नदी पश्चिम तर्फ सोझिँदा २० हजार नागरिक प्रभावित हुने उनले बताए ।

नदी पश्चिमतर्फ प्रवेश गर्दा सुनसरीको बराह क्षेत्र नगरपालिकाका श्रीलंका टापुका पनि ५ सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्