तमोर कोरिडोरको सडक कालोपत्रको ठेक्का खुल्यो


ताप्लेजुङ । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्न छोटो दुरीको रूपमा रहेको तमोर कोरिडोर सडक कालोपत्रको ठेक्का खुलेको छ ।

चतरा–मूलघाट–सुभाङखोला–गणेश चोक सडक अन्तर्गत पाँचथरको गणेशचोक–मूलघाट सडक कालोपत्र गर्नका लागि ठेक्का खुलेको हो । एक सय १० किलोमिटर सडक कालोपत्र गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुबेर नेपालीलले बताउनुभयो । एक महिनासम्मको अवधि तोकेर सडक दुई खण्डमा कालोपत्र गर्ने ठेक्का खुलेको हो । झन्डै पाँच अर्ब ६७ करोड रुपैयाँमा ठेक्का खुलेको हो ।

आर्थिक र रणनीतिक महत्त्वको यो सडक कालोपत्र हुने भएपछि यस क्षेत्रका बासिन्दा उत्साहित भएका छन् ।अहिले मूलघाटदेखि भेडेटार हुँदै धरान जाने सडक मुख्यरूपमा प्रयोगमा आएको छ ।

ग्राभ्रेलस्तरको सडक बनेसँगै तराई र साथै १ नम्बर प्रदेशको राजधानी जान छिटो सडकको रूपमा प्रयोगमा आइरहेको थियो । यो खण्डमा पर्ने आठ वटा पुलमध्ये सात वटाको ठेक्का लागिसकेको छ । चतरादेखि पाँचथरको गणेशचोक एक सय ५८ किलोमिटर सडकमध्ये मूलघाटदेखि गणेश चोकसम्मको एक सय १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । उज्यालो


प्रतिक्रिया दिनुहोस्