दिप्रुङ चुईचुम्मा;कार्यक्रम नगरी ४ लाख २९ हजार फछ्र्यौट

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आर्थिक वर्ष २०७७र०७८ मा नवजात शिशुलाई घरभेट कार्यक्रमको ४ लाख २९ हजार बजेट कामै नगरी फछ्र्यौट गरेको खुलेको छ ।

महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ मा मातृ तथा नवजात शिशु कार्यक्रमका लागि स्वास्थ्य संयोजक मुस्ताक अहमद मंसुरीले ६ लाख ५३ हजार पेश्की लिएकोमा २ लाख २३ हजार ३०० को कार्यक्रम गरेको तर ४ लाख २९ हजार ७०० को खर्चको विल भरपाई बेगर फछ्र्यौट गरेको महालेखा परीक्षकले औंल्याएको हो ।

पेश्की फछ्र्यौटसँग सम्वन्धित फाँटवारी परीक्षण गर्दा २ लाख २३ हजार ३०० को कार्यक्रम गरेर त्यसकै विल परपाई मात्र संलग्न गरिएको पाइएको छ । काम नगरी फछ्र्यौट गरिएको ४ लाख २९ हजार ७०० असुल गर्न भनिएको छ ।

२०७७ साल असार २७ देखि ३० गतेसम्म नवजात शिशु कार्यक्रम सम्वन्धी समिक्षा गोष्ठी तथा नवजात शिशुलाई घरभेट कार्यक्रम गरी वडामा खटिने स्वास्थ्य कर्मचारीलाई खाना, खाजा, खर्च स्टेशनरी, व्याग र दैनिक भत्ता वापत पेश्की फछ्र्यौट गरेको जनाइएको छ ।

गाउँपालिकाले २०७७ साल असोज २३ गते यशोद्धा फर्माबाट ७ लाख ३६० को औषधि खरिद गरेकामा ५० हजार ४५५ रुपैयाँको औषधि दाखिला हुन बाँकी देखिएको छ ।

९ स्वास्थ्य संस्थालाई सो औषधि वितरण भएकोमा लेखा परीक्षणसम्ममा २ संस्थाबाट मात्र औषधि पाएको प्रतिबेदन प्राप्त भएको थियो । कम दाखिला भएवापत सम्वन्धितबाट ४९ हजार ४५४ रुपैयाँ असुल गर्नुपर्ने महालेखाको ठहर छ ।

यस्तै, स्वास्थ्य संस्थाका प्रमुखसँग मासिक तथा वार्षिक समिक्षा सम्वन्धी १२ बैठकमा ९० जना सहभागी भएकामा बढी भुक्तानी भएको २ लाख ६ हजार २४० असुल गर्न भनिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा स्यानीटरी प्याड खरिद समेत मितव्यायी नभएको सार्वजनिक भएको छ । सामुदायीक विद्यालयका छात्रालाई निःशुल्क वितरण गरिने स्यानीटरी प्याड खरिदमा मितव्यायीता कायम नभएको पाइएको हो ।

अभव इन्टरप्राइजेज सातदोबाटोबाट प्रतिथान ८०।३३ रुपैयाँका दरले १५ हजार ७०८ थान स्यानीटरी प्याड खरिद गर्दा १२ लाख ६१ हजार ८२४ भुक्तानी दिइएको थियो ।

तर राष्ट्रियस्तरको समाचारपत्रमा बिक्री मूल्या प्रकाशन गरेको भन्दै एउटै आपुर्तीकर्तासँग सम्पर्क गरी सोझै खरिद गरिएको महालेखाले जनाएको छ । परिचित ब्राण्डको स्यानीटरी प्याड खरिद नगरिएको प्रतिबेदनमा उल्लेख छ ।

गाउँपालिकाको भवनको गुणस्तरमाथि पनि प्रश्न

महालेखा परीक्षकले गाउँपालिकाको निर्माणाधिन भवनको गुणस्तरमाथि प्रश्न उठाएको छ । २०७७ साल चैत ३० गतेसम्ममा सम्पन्न गर्नेगरी रविना एण्ड अविसा जेभीले ३ करोड ६४ लाख ६१ हजार ८१९ मा ठेक्क लिएको भवनको गुणस्तरका विषयमा महालेखाले प्रश्न उठाएको हो ।

निर्माण व्यवसायीले निर्माण सामग्रीको गुणस्तर परीक्षण प्रतिबेदन पेश नगरेको र निर्माण स्थलमा साईट इन्जिनियर नराख्नुले कामको गुणस्तरमा आश्वस्त हुन सकिने अवस्था नभएको प्रतिबेदनमा औंल्याइएको छ ।

पालिकाको प्राविधिक समेत संलग्न लेखा परीक्षण टोलीबाट भौतिक अवलोकन गर्दा विम लगायतका स्थानमा हनिकम्स देखिएको, जोइनिङहरु नमिलेको, फमवर्कको काम स्तरीय नदेखिएको, पहिलो तलाको अगाडिको विम बाङ्गो भएको, प्लाष्टरको काम गुणस्तरीय नदेखिएको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

स्वीकृत स्पेशिफिकेसन वमोजिम कामको आश्वस्तताको लागि गुणस्तर परीक्षण प्रतिबेदन पेश हुनुपर्ने, स्ट्याण्डर्ड विड डकुमेन्टमा उल्लेख गरे बमोजिम निर्माण स्थलमा प्राविधिक जनशक्ती परिचालित हुनुपर्ने जनाइएको छ ।

यस्तै, सम्झौताको शर्त बमोजिम गुणस्तरीय निर्माण कार्य गर्न र कार्यालयको तर्फबाट प्राविधिक सुपरभिजनमा ध्यान पु¥याएर स्वीकृत ड्रइङ डिजाइन र प्राविधिक स्पेशिफिकेसन वमोजिम कार्य गराउनुपर्ने औंल्याइएको छ ।

मलमा दोहोरो ढुवानी खर्च

मल ढुवानीका क्रममा दोहोरो ढुवानी रकम असुल गर्ने सुसेली सप्लायर्सबाट रकम असुल गर्नुपर्ने औंल्याइएको छ । मल ढुवानीका क्रममा पालिकाबाट ढुवानी खर्च लिएको सप्लायर्सले पुःन कृषकबाट पनि ढुवानी खर्च बुझेको पाइएकाले २ लाख २७ हजार ९०० असुल गर्न भनिएको छ । सो सप्लायर्सले कृषि सामग्री कम्पनी लिमिटेडबाट मल खरिद गरेर किसानलाई विक्री गरेको थियो ।

यस्तै, महालेखाले अनुदानको मकैको बीउ वितरणका क्रममा बढी भुक्तानी भएको २ लाख २१ हजार २०० रकम सम्वन्धित कृषकबाट असुल गर्न भनेको छ । ५० प्रतिशत अनुदान रहेको कुल ६ लाख ९३ हजारको मकै खरिदमा गाउँपालिकाको अनुदान मात्रै ५ लाख ६८ हजार खर्च भएको छ ।

बीउमा ५०र५० प्रतिशत व्यहोर्दा पालिकाको ३ लाख ४६ हजार ८०० मात्र खर्च हुनुपर्नेमा ५ लाख ६८ हजारको भुक्तानी देखिएकाले वढी भुक्तानी असुल गर्न भनिएको हो । नेपाल वाइड


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961