माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मा नारायणकाजी श्रेष्ठलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मा नेता नारायणकाजी श्रेष्ठले पाएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने भ्रमणका लागि शुक्रबार बेलुकी १० बजे जापान भ्रमणमा निस्किएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मा पाएका हुन् ।

श्रेष्ठले आउँदो २४ साउनसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । जापान भ्रमणमा रहेका अध्यक्ष दाहाल २५ साउनमा स्वदेश फर्किनेछन् ।


प्रतिक्रिया दिनुहोस्