सहयोगीहरुको सहयोग पाए केहिवर्ष आमाको अँगालोमा रहेर जिवन जिउन पाउँने थिए

विराटनगर । मान्छेको जिन्दगीमा दु:ख पिडाहरु र समस्याहरु आईरहन्छन् । कुनै कुनै पिडाहरु कुनै कुनै समस्याहरु यस्ता हुन्छन् कि जस्ले जिवनलाई नै मृत्यूको दोसाँधमा पु¥याईदिन्छन् । यस्तै जिवन र मृत्यूको दोसाँधमा छटपटि रहेकी छन् मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ निवासी लक्ष्मी विश्वकर्मा ।

घाँटीको क्यान्सरबाट ग्रसित ५१ वर्षीय लक्ष्मी भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार गराई रहेकी छन् । चारवर्ष अघि घाँटीमा समस्या भएर उपचार गराउँन पुगेकी उनलाई टनसिल भएको भन्दै डाक्टरले औषधी दिएका थिए । पटक–पटक बल्झिएको साथै घाँटीमा गाँठो आएकोले डाक्टरले क्यान्सर भएको हुन सक्ने आशंका व्यक्त गर्दै एक पटक क्यानसर हस्पिटल जान सुझाए । लक्ष्मी परिवारको साथमा झापाको बिर्तामोड स्थित पुर्वाञ्चल क्यान्सर हस्पिटलमा पुगिन् । जहाँ क्यान्सर भएको पुष्टि भयो ।


पुर्वाञ्चल क्यान्सर हस्पिटलले उपचार यहाँ असम्भव रहेको भन्दै भरतपुर क्यान्सर हस्पिटल जान सल्लाह दिए । घरबाट झापा नजिकै रहेको हस्पिटलमा उपचार सम्भव नहुने भएपछि शरिरको दुखाई सँगै अझ पिडा थपियो उनीमा । मध्यवर्गिय लक्ष्मीको परिवारले जसोतसो आर्थिक जोहो ग¥यो । आर्थिक जोहो भएसँगै निको भएर आउने झिनो आशा सहित भरतपुर चितवन पुगे ।
डाक्टरको सल्लाह अनुसार उनको अप्रेशन भयो । अप्रेशन भएको अहिले एक महिना भएको छ । अझै निरन्तर उपचार गराउनु पर्ने हुन्छ । जसका लागि आर्थिक जोहो गर्न लक्ष्मीको परिवारलाई सकस भएको छ । सहयोगी मनहरुले सहयोग गरिदिए आफुले नयाँ जिवन पाउन सक्ने लक्ष्मी बताउँछिन् ।

त्यस्तै उनका छोरा कमलले आफुले सक्ने आर्थिक जोहो गरेपनि आमाको उपचार अझै बाँकी रहेकोले सकेको सहयोग गर्न सबैमा अनुरोध गरेका छन् । कमल भन्छन्,“क्यान्सर अन्य रोग जस्तो अप्रेशन गर्ने वित्तिकै आराम गर्दा निको नहुने रहेछ । अप्रेशन पछि निरन्तर शरिरमा रहेका क्यान्सरका किटाणु मार्नका लागि केम्यो थेरापि गरि रहन पर्ने रहेछ । निरन्तर केम्यो थेरापी गर्न र चेकजाँच गर्न हस्पिटल गईरहन पर्छ । जसका लागि आर्थिक जोहो गर्न कठिन भएको छ । यदि सहयोगी मनहरुको सहयोग पाए अझै केहिवर्ष आमालाई आमा भनेर बोलाउन साथै आमाको अँगालोमा रहेर जिवन जिउन पाउँने थिए ।”

सहयोग गर्न चाहानु हुने महानुभाबले एन आई सि एसिया बैंकमा रञ्जना बि.क.को नाममा रहेको खाता नं. k६८७०३३१०१२५२४०१ वा रञ्जना कै नाममा रहेको ईसेवा नम्बर ९८२१४६७२०८ मा सहयोग रकम पठाउन सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्