बाबुराम भट्टराईको पार्टी गठबन्धनमा जाला ?

काठमाडौँ । नेपाल समाजवादी केन्द्रका अध्यक्ष बाबुराम भट्टराईले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

केन्द्रका नेता विश्वदीप पाण्डेका अनुसार दुई नेताबीच चुनावी गठबन्धनका बारे चर्चा भएको थियो । प्रधानमन्त्री देउवाले गठबन्धनमा भट्टराई नेतृत्वको दललाई सहभागी गराउनेबारे सोचेको बताएका थिए ।

उनले भट्टराईसँग भने, ‘म यसबारे सकारात्मक छु । यसबारे गठबन्धनका अन्य दलहरुसँग पनि सल्लाह गरेर खबर गर्छु ।’ प्रधानमन्त्री देउवासँग डा. भट्टराईले गठबन्धन बनाउन आफ्नो पनि भूमिका रहेको उल्लेख गर्दै यसमा आफ्नो पनि दाबी लाग्ने बताएका थिए ।

दुई नेताबीचको वार्ता सकारात्मक रहेको र केही दिनमा फेरि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने निर्णय भएको पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्