युक्रेनमा युद्ध चर्काउन अमेरिकाद्धारा थप १ अर्ब डलरको सैन्य सहायताको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा युद्ध चर्काउन थप १ अर्ब डलरको सैन्य सहायता दिने घोषणा गरेका छन् । यो घोषणासँगै युक्रेनलाई अमेरिकी सहयोग बढेर नौ अर्ब डलर पुगेको छ ।

अमेरिकी रक्षा मन्त्रालयबाट युक्रेनको सशस्त्र बललाई रकेट, गोला बारुद र अन्य हतियारको सबैभन्दा ठूलो आपूर्ति हुनेछ । रुसले आफ्ना सेना र हतियार युक्रेनको दक्षिणी बन्दरगाह सहरमा सार्दै गरेको विश्लेषकहरूले चेतावनी दिएका बेला अमेरिकी सहायताको घोषणा गरिएको हो ।

अमेरिकाले घोषणा गरेको नयाँ सहायतामा हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमका लागि रकेट, हजारौं तोपखाना , मोर्टार प्रणाली आदिका समावेश छन् । यी हतियारहरू रुसलाई थप युक्रेनको भूमि कब्जा गर्नबाट रोक्नको लागि महत्त्वपूर्ण हुने अमेरिकी अधिकारीहरूको विश्वास छ ।

यता उत्तर कोरियाले युक्रेनमा आक्रमण गर्ने रुसको सम्भावनालाई बलियो बनाउन एक लाख ुस्वयंसेवीु सेना सहयोग गर्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्