कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, सिट बाँडफाँड र आन्तरिक विवादबारे छलफल हुने 

काठमाडौं । नेपाली कांग्रेसको  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ः३० बजे बैठक सुरु हुने कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा निर्वाचनको तयारी, गठबन्धनमा सिट बाँडफाँड र पार्टीको आन्तरिक विवादबारे छलफल हुने भएको छ ।  

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएका मुख्यसचिव पौडेलले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्