अभियान लघुवित्तको आईपीओ बाँडफाँड, कसरी नतिजा कसरी हेर्ने ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाडौं नक्सालस्थित कार्यालयमा आयोजित एक कार्यक्रमबीच अभियान लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो ।

आईपीओमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएका थिए । जसमध्ये १९ लाख ७८ हजार ५९४ आवेदन स्वीकृत भएका छन् भने २ हजार ३७६ आवेदन रद्द भएको छ ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथा माध्यमबाट ९१ हजार ३७५ जनालाई कम्पनीको शेयर बाँडफाँड गरिएको हो ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । सदरमध्ये १८ लाख ८७ हजार २१९ आवेदकबाट हात खाली भएको छ ।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धक कम्पनीका वेबसाइटका साथै सीडीएससीको https://iporesult.cdsc.com.np  मा गएर हेर्न सकिन्छ।

लघुवित्तको गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि छुट्याइएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्