टिपताला नाका खुलाउन पालिकाद्धारा प्रशासनको ध्यानाकार्षण

ताप्लेजुङ । जिल्लाको फत्ताङलुङ् गाउँपालिका ७ मा अवस्थित चिनसँगको एक मात्रै टिपताला नाका खुलाउन पालिकाले प्रशासनको ध्यानाकार्षण गराएको छ । सोमबार जिल्ला प्रशासन कार्यलय ताप्लेजुङलाई पत्राचार गदैै पालिकाले नाका नखुल्दा ओलाङ्चुङगोला, घुन्सा,फले र याङ्माबासीले सास्ती खेप्न बाध्य भएकोले तत्काल नाका खोल्न पहल कदमी गर्न ध्यानाकार्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा करिब चार वर्ष अघि कोरोना महामारीलाई मध्यनजर गर्दै बन्द गरिएको नाका स्थानीयबासीको सामान आयत निर्यातको मुख्य नाका रहेकोले चाँडै नाका खोल्नु पर्ने जनाईएको छ । यी क्षेत्र अझैपनि सडक सञ्जालबाट टाढै रहेको र तिब्बतको बजार नजिक पर्ने भएकोले तिब्बत नै यस क्षेत्रका बासिन्दाको मुख्य बजार हो ।

विशेषगरी पशुपालन, जडिबुटि संकलन र गलैंचा उत्पादन मुख्य पेशाको रुपमा अंगालेका स्थानीयलाई नाका बन्द हुँदा सामान निर्यात गर्न असहज भएको छ । साथै दैनिक उपभोग्य बस्तु समेत खरिद गर्नका लागि कठिन भएको छ भने आयात निर्यात दुबै ठप्प हुँदा बस्ति स्थानान्तरण कै स्थिति सृजना भएको पत्रमा उल्लेख गरिएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ् देखि सामान बोकेर लैजाँदा ओलाङ्चुङगोला, घुन्सा,फले र याङ्मा पुग्न चार दिन लाग्ने गर्दछ भने पालिकाको केन्द्र तापेथोक बाट सामान लैजाँदा तिन दिनमा पु¥याउन सकिन्छ ।

सदरमुकामबाट सामान खरिद गर्दा घरसम्म पु¥याउँदा लागत मुल्य भन्दा तिन गुणा बढि रकम तिर्नुपर्ने बाध्यता रहेको स्थानिय तेन्जिङ शेर्पा बताउँछन् । उनि भन्छन्, ‘सदरमुकामबाट सामान घर ल्याइपु¥याउँदा ढुवानी खर्च तिन गुणा बढि पर्छ । आफुले उत्पादन गरेको सामान बेच्न लैजाँदा पनि चार दिनमा बजार पुगिन्छ । जस्ले गर्दा सामानको मुल्य बढि पर्न जान्छ र बिक्रि गर्न कठिन हुन्छ । उनि थप्छन् नाका खोलि दिए आफुहरुलाई सहज हुने थियो ।’

नाका खुल्ला हुँदा यस क्षेत्रका बासिन्दा एक दिनमा तिब्बतको रियू बजार किनमेल गरेर घर फर्किन सक्छन् । सडक सञ्जालबाट टाढै रहेको यस क्षेत्रका बासिन्दाले स्वास्थ्य शिक्षा लगायतका समस्याहरु भोग्दै आएका छन् । बिरामी पर्दा धनिहरुले हेलिकप्टर चार्टर गर्छन भने आर्थिक स्तर कमजोर भएकाहरुले तिन दिनको बाटो पैदल हिडेर जिल्ला अस्पताल पुग्नु पर्ने बाध्यता रहेको छ ।

आफ्नो पालिकाका स्थानियले अकाल मै ज्यान गुमाउनु नपरोस् भनेर पालिका अध्यक्ष राजन लिम्बु (मुत्ति)ले पालिका अध्यक्षले चढ्ने गाडी स्थानियको लागि एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएका छन् । तर पनि ओलाङ्चुङगोला, घुन्सा,फले र याङ्मासम्म सडक नपुगेकोले स्थानियले सास्ति खेपि रहेका छन् ।

यी क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने उत्तर दक्षिण लोकमार्ग अन्तरगत काम भैई रहेको र १५ सय मिटर मात्रै बाँकी रहेको तर

तत्काल कन्चनजङ्घा संरक्षण क्षेत्र अन्तरगत पहरा फोर्नको लागि वातावरण प्रभाव मुल्याङ्कन (यीयू) गर्नु पर्ने भएकोले काम स्थगित भएको र चाँडै कामलाई अगाडी बढाउन पहल गरिने पालिका अध्यक्ष लिम्बुले बताए ।

ध्यानाकार्षण पत्र हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस्