चार बर्षीया बालिका बलात्कार आरोपमा पाँचथरका ५६ वर्षिय पुरुष पक्राउ

ताप्लेजुङ। चार बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिका ११ का एक ५६ वर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कृत बालिकाका मामाले दिएको उजुरीका आधारमा नागिन स्थित फेवदिनका देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर सन्तोष राईले जानकारी दिए ।

बुढाथोकीले शनिबार राती बालिकालाई बलात्कार गरेको आरोप छ । बालिकाका आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि बुढाथोकी पक्राउ परेका हुन् ।

‘उजुरी दिएलगत्तै आरोपितलाई पक्राउ गरिएको छ,’ इनिस्पेक्टर राईले भने घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ ।’


प्रतिक्रिया दिनुहोस्