बालेको प्रचण्डमाथि कटाक्ष : ८ वर्षदेखि बाटो नबनाउने ठेकेदारको घरमा अंगरक्षक !

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनलाई असफल बनाउन ‘राजनीतिक खेल भइरहेको’ टिप्पणी गर्दै आएका मेयर बालेन शाहले मंगलबार सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नामै किटान गर्दै फोहोर व्यवस्थापन हुन नसक्नुको एउटा समस्या उजागर गरेका छन् ।

काठमाडौं उपत्यकामा वर्षौंदेखि फोहोरको समस्या बल्झिनुमा सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाको आन्दोलन मात्र कारण होइन । अर्को प्रमुख कारण फोहोर ओसार्न प्रयोग हुने बाटो समयमा नबन्नु र मर्मतसम्भार नहुनु पनि हो । बालाजु-रानीपौवाको सडक आठ वर्षदेखि बन्न नसक्नुले फोहोर ढुवानीमा समस्या उत्पन्न हुँदै आएको छ ।

यही समस्यामाथि टिप्पणी गर्दै मेयर बालेन शाहले मंगलबार आफ्नो आधिकारिक फेसबुक र ट्विटरमा लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू १ उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

बालेन शाहले यहाँ ‘ककनीको बाटो’ भनेर बालाजु-रानीपौवा सडकलाई भनेका हुन् । यो सडकको ठेक्का माओवादी अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको थियो ।

यो कम्पनी समयमा काम नगर्ने सरकारी सूचीमा पर्छ । यसले ठेक्का लिएका अधिकांश सडक समयमा बन्न सकेका छैनन् । त्यसैमध्ये ककनीको सडक पनि एक हो ।

शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको आठ वर्षदेखि यो सडक नबन्नुले काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुँदै आएको छ । मेयर शाहले यसैतर्फ इंगित गर्दै प्रचण्डको नामै किटेर सामाजिक सञ्जालमा लेखेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961