कांग्रेसले मधेस प्रदेशमा माग्यो ५० प्रतिशत सिट

काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट कम्तीमा ५० प्रतिशत सिटमा आफूले उम्मेदवारी दिने गरी तालमेल हुनुपर्ने जनाएको छ ।

मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । कांग्रेसले प्रतिनिधिसभातर्फ कम्तीमा १६ सिट र प्रदेशसभातर्फ कम्तीमा ३२ सिट पाउनुपर्ने अडान राखेको हो ।

कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव सत्ता गठबन्धनमा केन्द्रमा हुने सिट बाँडफाँटको अनुपातमा मधेस प्रदेशका सिटहरुमा तालमेल हुने बताउँछन् ।

केन्द्रको रेसियो अनुसार गठबन्धनभित्र मधेसमा सिट बाँडफाँट हुने यादवको जिकिर छ । उनले कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला, सदस्यद्वय गगन थापा र ज्ञानेन्द्र कार्कीलाई पनि सोही कुरा राखेका छन् ।

कांग्रेस नेता विमलेन्द्र निधिले पनि मधेसमा प्रतिनिधिसभाका १६ सिटमा पार्टीले दाबी गर्नुपर्ने बताएका छन् । साउन २३ मा बसेको कांग्रेस शीर्ष नेताको बैठकमा निधिले मधेस प्रदेशमा कांग्रेसले प्रतिनिधिसभामा १६ सिट पाउने गरीमात्र तालमेल गर्न सुझाव दिएका थिए । मधेस प्रदेशका ८ जिल्लामा ४–४ निर्वाचन क्षेत्र छन् ।

प्रत्येक जिल्लाका २ वटा निर्वाचन क्षेत्र काँग्रेसले पाउने गरी सिट बाँडफाँट गर्न कार्यदलका सदस्यमाथि मधेस कांग्रेसले दबाब बढाएको छ । २०७४ मा कांग्रेसले प्रतिनिधिसभातर्फ मधेस प्रदेशका ३२ मध्ये ६ सिट जितेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961