कमैया र हलिया प्रथाको आन्दोलन गरेका मान्छेहरूनै कमैया बसे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाकोमा कमैया बसेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी रामेछापले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले प्रचण्ड र नेपाल देउवाको कमैयाबाट नछुटुन्जेल वाम एकताको सम्भावना नरहेको बताएका हुन् ।

कमैया र हलिया प्रथाको आन्दोलन गरेका मान्छेहरूनै आफैं कमैया बसेको भट्टराईको टिप्पणी छ । वर्तमान सरकारले नागरिकता जस्तो कुरामा बल मिचाइँ गरेर विधेयक अगाडि बढाएर ठूलो गल्ती गरेको बताए ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले देशलाई खण्डित गरेको र असंवैधानिक गठबन्धन गरेको आरोपसमेत भट्टराईले लगाए । उनले यो विधेयकलाई संशोधन र परिमार्जन गर्न पनि मंसिर ४ गते हुने चुनावमा बहुमत ल्याउने बताए ।

एमालेको अहिलेको प्राथमिकता निर्वाचन भएकाले कुनै दलसँग गठबन्धनको प्रस्ताव नगरेको पनि भट्टराईले बताए । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले आफ्नो घोषणा पत्र तथा समानुपातिकतर्फको नामावली तयार गरेर समयमै बुझाउने तयारी गरेको पनि भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्