एमालेको विरासतलाई तोड्न रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने भएकी छन् ।

उनले आइतबार फेसबुकमा एउटा तस्बिर राख्दै आफू गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी दिएकी हुन् ।

उनले एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएकी छन् । यसअघि उनी नेकपा एमालेबाट समानुपातिक सासंद बनेकी थिइन्। गुल्मीको क्षेत्र नम्बर दुईमा एमालेका गोकर्ण विष्ट सासंद छन् ।

उनले केही समयअघि सेतोपाटीसँग कुराकानी गर्दै काठमाडौं-२ वा गुल्मी-२बाट चुनाव लड्ने सम्भावना रहेको बताएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्