वैदेशिक व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड बढि घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालले वैदेशिक व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ घाटा व्योहोरेको छ ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अघिल्लो वर्षको सोही अवधिका तुलनामा व्यापार घाटा १०.३८ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात साउनमा नेपालले एक खर्ब २९ अर्ब ९६ करोड व्यापार घाटा व्योहोरेको थियो ।

चालु आवको पहिलो महिना साउनमा नेपालले एक खर्ब ३१ अर्ब २८ करोड मूल्यका सामान आयात गरेको छ । यो अवधिमा नेपालले १४ अर्ब ८१ करोडको वस्तु निर्यात गरेको छ । आयात अघिल्लो वर्षको यही अवधिका तुलनामा १२.९ प्रतिशत र निर्यात २८.६८ प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले आयातमा कमी आएको हो । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो ।

गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको छ । साउनमा सबैभन्दा धेरै २५ अर्ब तीन करोडको इन्धनजन्य खनिज तेल र यस सम्बन्धी सामग्री आयात भएको छ ।

त्यसै गरी १३ अर्ब तीन करोडको फलाम र फलामजन्य सामान आयात भएको छ ।


प्रतिक्रिया दिनुहोस्