एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि, के छ एजेण्डा ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे बस्ने छ ।

आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेका एजेण्डामाथि छलफल गर्नेछ ।

हिजो बसेको पोलिटब्युरो बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी, उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेण्डा तय गरेको छ ।

त्यस्तै सङ्गठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेण्डा पनि तय गरेको छ ।

यी एजेण्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ । साथै मनोनीत केन्द्रीय सदस्यहरुले आजै शपथ लिने तयारी पनि छ । बैठकले गएको वैशाखमा भएको पालिका चुनावको पनि समीक्षा गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्