‘लालसिंह चड्ढा’को असफलताले धक्का पुगेको नेपाली वितरकलाई ‘लाइगर’ को २ करोड जोगाउन कठिन

काठमाडौं । विश्व बक्सिङ लिजेन्ड माइक टायसनको जीवनसँग प्रभावित बलिउड फिल्म ‘लाइगर’लाई लिएर रिलिजपूर्वको उत्साह उच्च थियो ।

जब रिलिज भइदियो, त्यो अपेक्षा धुलोमा मिसियो । दक्षिण भारतीय स्टार विजय देवरकोण्डाको बलिउड डेब्यु संकटमा पर्‍यो । पछिल्लो समय बलिउड नै संकटमा छ ।

बलिउड समीक्षक तरण आदर्शले ‘लाइगर’लाई १।५ रेटिङ स्टार दिएका छन् । उनले फिल्मलाई ‘समय गुज्रिएको’ लेखेका छन् । ‘लाइगर प्रभावित तुल्याउन असफल छ । अवसर, स्रोत र प्रतिभाको क्षति । यद्यपि, विजय देवरकोण्डा बलिउडमा करिअर थाल्न योग्य छन् । यो लाइगर गर्जिंदैन मात्र,’ उनले लेखेका छन् ।

बलिउड हंगामा लेख्छ, ‘विचित्र कथा तर खराब लेखनको कारण दर्शकलाई प्रभावित तुल्याउन लाइगर असफल छ ।’ हिन्दुस्तान टाइम्सले राम्या कृष्णनको प्रयत्नको बाबजुद अवसर खेर गएको लेखेको छ ।

आईएमडीबीको कुल १० रेटिङमा फिल्मले २ स्टार पाएको छ जुन निकै खराब हो । ‘लाइगर’को यो वर्ड अफ माउथले यसको समग्र ओपनिङमा असर पार्ने अनुमान गर्न सकिन्छ ।

‘लाइगर’लाई टी–फक्स वितरण कम्पनीले २ करोड नेरु हारहारीमा नेपाल ल्याएको जनाइएको छ । यसअघि आमिर खानको ‘लाल सिंह चड्ढा’लाई वितरकले २ करोड ४० लाख रुपैयाँमा नेपाल ल्याएका थिए ।

तर लालसिंह चड्ढा असफल हुँदा वितरकलाई धक्का पुग्यो । यही नियति ‘लाइगर’मा दोहोरिएको छ ।


प्रतिक्रिया दिनुहोस्