खोटाङः प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एस) बाट राजन राई सिफारिस

विराटनगर। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ

जिल्ला कमिटिको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रदेश १ का सामाजिक विकास मन्त्री एबं पोलिटव्यूरो सदस्य राईको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस गरिएको युवा संघका जिल्ला अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए ।

यस्तै, प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ बीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई ९बुईपा०, भीम राई ९बाम्राङ०, विष्णु दाहाल, तेजबहादुर राई र समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ ।

प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जनाएको छ । नेपाल वाइड


प्रतिक्रिया दिनुहोस्