ओलीले मिश्रलाई दिए एक मुठ्ठी सिक्का उपहार

काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । ओली निवास बालकोटमा साँझ ६ बजे भएको छलफल अढाई घण्टा चलेको नेता मिश्रले जानकारी दिएका छन् ।

भेटमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता लगायत विषयमा कुराकानी भएको मिश्रको भनाइ छ ।

भेटमा आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का ओलीले उपहार दिएको पनि मिश्रले सुनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्