भारतका गौतम अडानी विश्वका धनव्यक्तिको शीर्ष तीनमा

एजेन्सी । अडानी समूहका अध्यक्ष गौतम अडानीले नेटवर्थको हिसाबले नयाँ कीर्तिमान बनाएका छन् ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी अहिले विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । विश्वका धनव्यक्तिको शीर्ष तीनमा पर्ने अडानी पहिलो एसियाली व्यवसायी हुन् ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीले लुइस भिटनका सीईओ र अध्यक्ष बर्नार्ड अर्नाल्टलाई पछि पारेका छन् । इन्डेक्सका अनुसार हाल अडानीको कुल सम्पत्ति १३७.४ बिलियन डलर पुगेको छ ।

अडानी अब टेस्लाका सीईओ एलोन मस्क र अमेजनका संस्थापक जेफ बेजोसको मात्र पछि छन् । मस्कको कुल सम्पत्ति हाल २५१ अर्ब डलर छ। जब कि बेजोसको हाल १५३ अर्ब डलरको कुल सम्पत्ति छ ।

हालैका दिनहरुमा अडानीको नेटवर्थ द्रुत गतिमा बढेको छ । विश्वभरका सेयर बजारमा गिरावट आइरहे पनि अडानीको सम्पत्ति निरन्तर बढेको छ । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार पछिल्लो २४ घन्टामा बढेको धनी व्यक्तिको सूचीमा अडानी एकमात्र व्यक्ति हुन् ।

यस अवधिमा अडानीको कुल सम्पत्ति १.२ बिलियन डलरले बढेको छ । यो वर्ष अडानीका लागि निकै भाग्यशाली सावित भएको छ । अडानीको सम्पत्ति जनवरीदेखि ६०.९ बिलियन डलरले बढिसकेको छ ।

गौतम अडानीले गत महिना माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई उछिन्दै चौथो स्थानमा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्