ताप्लेजुङका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि करोडौं रकम, कहाँ कति ?

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री योगेश कुमार भट्टराईले ताप्लेजुङ जिल्लाका धार्मिक तथा सांस्कृतिक सम्पदा जर्गेनाका लागि करोडौं रकम विनियोजन गराएका छन् । ताप्लेजुङ जिल्लाको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा पर्वद्धन गर्ने उद्देश्यले उक्त रकम विनियोजन गराएका हुन् । ताप्लेजुङ भट्टराईको गृह जिल्ला पनि हो । 

उनले लिम्बू सङ्ग्राहालयका लागि १५ लाख, लिबाङ दरबार संरक्षणका लागि २० लाख रकम विनियोजन गराएका हुन् । यस्तै पालुङवा भवन निर्माणका लागि २० लाख विनियोजन गराएका थिए तर, उक्त रकम कार्यन्वयन हुन सकेन ।

यस्तै माछापोखरी शिवालयका लागि १० लाख, वालुङ सङ्ग्राहालयका लागि २० लाख, फक्ताङलुङ माङहिमका लागि २० लाख र किरातेश्वर धामका लागि ३५ लाख रकम विनियोजन गराएका छन् । 

फक्ताङलुङ गाउँपालिकामा रहेको लोपउन्मुख वालुङ जातीको सङ्ग्राहालयका लागि ५ लाख ३५ हजार, मिक्वाखोला गाउँपालिकाको माङगेना यकका लागि १० लाख र मैवाखोला गाउँपालिकाको युमा माङहिम हिटिका लागि १० लाख रकम विनियोजन गराएका छन् । मैवाखोला गाउँपालिका उनको गृह गाउँपालिका पनि हो । 

यस्तै ताप्लेजुङ जिल्लाकै ऐतिहासिक दिकी छ्योलिङ गुम्बाका लागि १ करोड ४० लाख बजेट विनियोजन गराएका छन् । नेपाल भाषा तथा सांस्कृतिक समाजका लागि १० लाख, शान्ति सङ्ग्रहालयमा १५ लाख र सत्य हरि धर्मलाई १० लाख रकम विनियोजन गराएका छन् ।

पाथिभरा पर्यटकीय क्षेत्र विश्राम क्षेत्र तथा उद्धार केन्द्रका लागि १ करोड ५० लाख र पाथिभरा मन्दिर सतल संरक्षणका लागि ५० लाख रकम विनियोजन गराएका हुन् । साथै इवारम प्रतिष्ठानका लागि १० लाख रकम वियोजन गराएका छन् । 

उनले ताप्लेजुङ जिल्लामा रहेको होम स्टेहरुका लागि पनि रकम विनियोजन गराएका छन् । जसमा कोलडाँडा होम स्टेलाई १२ लाख, उकाली पानी होम स्टेलाई १२ लाख र करुणा होम स्टेलाई ६ लाख रकम विनियोजन गराएका हुन् । 

ताप्लेजुङमा अहिले होम स्टेहरु लोकप्रिय बन्दै गएका छन् । 


प्रतिक्रिया दिनुहोस्