तीर्थयात्रीहरूका सुविधाको लागि सनराइज बैङ्कले दियो पाथीभरालाई पोर्टेबल ट्वाइलेट 

ताप्लेजुङ । सनराइज बैङ्कले पाथीभराका तीर्थयात्रीहरूलाई  सुविधा पुर्‍याउने उद्देश्यले तीन वटा पोर्टेबल ट्वाइलेट हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले उक्त ट्वाइलेट हस्तान्तरण गरेको हो । 

शनिबार बैङ्कको  उपमहाप्रबन्धक (डिजीएम) रविन कुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेलाई तीन वटा पोर्टेबल ट्वाइलेट र एक थान डिजिटल डिस्प्ले हस्तान्तरण गरेको बैङ्कका मेनेजर अनिल श्रेष्ठले जानकारी दिए । 

यस अघि पनि एनएमबी बैङ्कले आठ वटा  पोर्टेबल ट्वाइलेट दिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकासलाई दिएको थियो उक्त  पोर्टेबल ट्वाइलेट जडानको खर्च काठमाडौँ निवासी तीर्थयात्री रञ्जना पाठकले गरेका हुन् । 

सनराइज बैङ्कले दिएको डिस्प्ले  पाथीभरा क्षेत्रको काफ्ले पार्टी राखिने र लिप्टीङ प्रविधिको खानेपानी  पाथीभरा डाँडामा पुगेपछि ट्वाइलेट सञ्चालनमा आउने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।


प्रतिक्रिया दिनुहोस्