बाँके बर्दियादेखि वाग्लुङसम्म उम्मेदवारका लागि आरजु राणा सिफारिस

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले देशभरबाट आफ्नो उम्मेदवार सिफारिस थालेको छ ।

यही क्रममा प्रधानमन्त्रीपत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवा विभिन्न पाँच क्षेत्रबाट सिफारिसमा परेकी छिन् । उनी बाँके बार्दियादेखि वाग्लुङबाट प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकका लागि सिफारिस भएकी हुन् ।

आरजुको निर्वाचन क्षेत्र कैलाली ५ हो । यहीबाट उनी गत निर्वाचनमा नारदमुनि रानासँग पराजित भएकी थिइन् । उक्त निर्वाचनमा रानाले २७,२०२ मत प्राप्त गर्दा भने आरजुले २२,३२२ मत प्राप्त गरेकी थिइन् ।

यही क्षेत्रबाट पहिलोपटक आरजुको नाम सर्वसम्मत सिफारिस भएको थियो । त्यसपछि आरजुको नाम डडेल्धुराबाट समानुपातिकमा सिफारिस भयो । यही क्षेत्रबाट प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रत्यक्षमा सिफारिसमा परेका छन् ।

डडेल्धुरापछि आरजुलाई बाँके ३ र बर्दिया २ बाट प्रत्यक्षका लागि सिफारिसमा परिन् । शनिवारमात्र नेपाली कांग्रेस बागलुङले वाग्लुङ क्षेत्र नं २ बाट आरजुसहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ ।

कांग्रेस वाग्लुङ क्षेत्र नं २ ले आरजुसहित नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्