रौतहटको २ वटा निर्वाचन क्षेत्रबाट माधव नेपालको नाम सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिस भएको छ । उनको नाम क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो ।

एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकबाट अध्यक्ष नेपाललाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको छ ।

यस्तै प्रदेश सभा सदस्यका लागि इन्दु झा, प्रेमनारायण साह तेली, डा. सोहैव तैयव, विक्रान्तविक्रम नेपाल, राजेन्द्र साह र शिवजीप्रसाद रायको नाम सिफारिस भएका हुन् । यस्तै जयमंगल प्रसाद यादव, बजरंगी यादव, हरेकृष्ण प्रसाद यादवको नाम पनि सिफारिस भएको छ ।

प्रदेश सभाको समानुपातिकतर्फ निलम पासवान, रामआधार सिंह, मो. मकसुद राँकी, जहामीर राँकी, मधु सिंह, दिनेश यादव, गिता देवी कुशवाहा, मनरवा देवी पासवान र वसकित राय यादवको नाम सिफारिस गरिएको छ । यस्तै हरिनारायण राय यादव, सिमा देवी, दिनेश राम, रामनरेश प्रसाद यादव, सीतादेवी साह, चन्द्रकला यादवको नाम पनि सिफारिस गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्