प्रतिनिधि सभा निर्वाचनका लागि अछाम क्षेत्र नं १ बाट भीम रावल सिफारिस

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । एमाले अछामले क्षेत्र नं १ बाट रावलको मात्रै नाम सिफारिस गरेको हो ।

रावल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी २०५१ र २०७० को निर्वाचनमा निर्वाचित भएका थिए । २०६४ को संविधानसभामा भने उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए ।

दसौं महाधिवशेनमा एमाले अध्यक्षमा पराजित भएका रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । उनले पार्टीको सल्लहाकार पद स्वीकारेका छैनन् । महाधिवेशनमा उपाध्यक्ष बस्न ओलीले दिएको निर्देशन नमानी उनी अध्यक्षको चुनाव लडेका थिए ।

अछाम क्षेत्र नं २ मा एमालेले यज्ञ बोगटीको नाम सिफारिस गरेको छ । दुवै क्षेत्रका उम्मेदवारको नाम सर्वसम्मत रुपमा गरेको एमाले अछामका अध्यक्ष चन्द्र बोहोराले बताए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961