जसपा ताप्लेजुङद्धारा प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

देवेन्द्र बानियाँ

ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङ्ले उमेरद्वावार सिफारिस गरेको छ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै जसपाले प्रतिनिधि सभाका लागि निर्मला तावा , कुमार साम्यो (धन बहादुर), चन्द्र मादेनको नाम सिफारिस गरिएको जनाएको छ ।

त्यस्तै प्रतिनीधि सभा समानुपातिकतर्फ असिम पालुङ्वा ,सेन्छेहाङ पोमु र सुजित ओख्राबु नाम सिफारिस गरेको छ । प्रदेश क प्रत्यक्ष तर्फ कृतिमान मादेन, श्री लिङखिम र अमृत लिङ्देन साथै समानुपातिक तर्फ सूर्य तमु, युवराज गुरुङ कृतिमान मादेन,कर्ण पालुङ्वा, अशोक वि.क. र सरस्वता सिंघक को नाम सिफारिस भएको छ ।

प्रदेश ख अन्तरगत प्रत्यक्ष तर्फ नवीन माबोहाङ, डिल्लीजंग साँवा रहेका साथै समानुपातिकतर्फ गौरी थलङ, प्रविन चाम्लिङ,अञ्जना शेर्पा,निर्मला तावा र धनराज विकको नाम सिफारिस भएको जसपा जिल्ला अध्यक्ष कृतिमान मादेनले जानकारी दिए ।
एक प्रतिनीधि र दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा चुनाव नजिकीदै गर्दा दलहरुले आफ्नो उमेरद्वारी छनोट गर्ने काम तिव्र रुपमा अघि बढाई रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्