इलाममा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यू

इलाम । इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मेची राजमार्गको भालुझोडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपाकिला ४ श्रीअन्तुका रत्नकुमार थापा मगरको मृत्यू भएको हो ।
मंगलबार अपरान्ह ४ बजे इलाम मेची राजमार्ग स्थित कन्याम– जोरकशल सडक खण्डको रोङ ४ भालुझोडामा झापाबाट इलाम आउँदै गरेको मे ४ प ८३५५ नम्बरको बाइक र सोही दिशाबाट आउँदै गरेको मे १ ख ६५४ नम्वरको ट्रक दुर्घटनामा हुँदा मोटरसाइकल चालक थापाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका थापालाई उपचारका लागि भद्रपुर स्थित मेची अञ्चल अस्पतालमा पुर्याएपछि डाक्टरले मृत घोषणा गरेको अस्पताललाई उदृत गर्दै इलाका प्रहरी कार्यालय पशुपतीनगरका इन्चार्ज बलराम गिरीले जानकारी दिनभयो ।
ट्रकलाई ओभरटेक गरेर अगाढी बढ्ने क्रममा बाइक अनियन्त्रित भई ट्रकको मुनीको भागमा पसेको जनाइएको छ । अपरान्ह चारबजेतिर भएको दुर्घटनामा परि थापाको मृत्यू भएपछि ट्रक चालक इलाम सूर्योदय नगरपालिका ९ का बिमल तामाङलाई नियन्त्रणमा लिइएको गिरिले जानकारी दिनुभयो । मृतकको उमेर र अन्य कुरा खुल्न सकेको छैन । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्