सिट बाँडफाँट टुंगाउन लगातार असफल सत्ता गठबन्धन, कार्यदलको बैठक आज पनि

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटको विषय टुंगाउन लगातार छलफल र बैठक हुँदै आए पनि सहमति हुन सकेको छैन ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले आज बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने दाबी गर्नु भएको छ । सिट बाँडफाँटका विषयमा सहमति गर्न भन्दै गएको साउन २० गते कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो ।

तर, एक महिनाको अवधिमा पनि दलले लिने सिट संख्याको टुंगो लाग्न सकेको छैन । यसबीचमा कार्यदल र शीर्ष तहमा १६ पटकसम्म बैठक बसेका थिए । सिट संख्याभन्दा बढी दाबी गरेका दलहरूले लचकता नदेखाउँदा सहमति हुन सकेको छैन ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न ११ दिन मात्र बाँकी छँदा पनि गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन । यसले गर्दा शीर्ष नेतामाथि दबाव परेको छ ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय छ । त्यस्तै, असोज २३ देखि २६ गतेसम्ममा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961