चार वर्ष वितिसक्दा पनि नामविहीन प्रदेश १

काठमाडौं । देशका ६ वटा प्रदेशको नामाकरण भएको लामो समय बितिसक्दा समेत प्रदेश १ ले नाममा सहमति जुटाउन सकेको छैन । गत २०७६ बैशाख २३ गते प्रदेश १ को राजधानी विराटनगर तोकिए पनि नामकरण भने हालसम्म हुन नसकेको हो ।

एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने विषयमा विवाद हुँदा चार वर्षसम्म नामविहीन प्रदेश बनेको हो । नेकपाका तर्फबाट साढे तीन वर्ष मुख्यमन्त्री रहेका शेरधन राई नाम टुङ्गो नलगाई पदबाट बाहिरिए ।

त्यसपछि एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यको पालामा नामकरणको विषय सदनमा प्रवेश नै गर्न पाएन । अनि २०७८ कात्र्तिक १६ मा गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेको राजेन्द्र राइपनि प्रदेशको नामकरण टुङ्ग्याउनेतर्फ अग्रसर नै देखिएको छैनन् ।

केही दिनअघि बसेको प्रदेशसभा बैठकमा पहिलो कार्यकालबाट नाम राख्न नसकेको भन्दै हात जोडेरै माफी समेत मागेका थिए । प्रदेशको नामाकरणका लागि कोशी, सगरमाथा, कोचिला, किराँत, लिम्बुवान लगायत नामको प्रस्ताव आएका छन् ।

तर, के नाम राख्ने भन्नेमा सहमति जुटाउन नसक्दा प्रदेशका सांसद र मुख्यमन्त्रीको कार्यक्षमता माथि नै प्रश्न उठेको हो । गत २०७२ मा जारी भएको संविधाले प्रदेशहरूको नाम सम्बन्धित प्रदेश सभाले टुङ्गो लगाउने व्यवस्था गरेको थियो ।

जस अनुसार प्रदेश २ मधेश, प्रदेश ३ बागमती, प्रदेश ४ गण्डकी, प्रदेश ५ लुम्बिनी, प्रदेश ६ कर्णाली र प्रदेश ७ सुदूरपश्चिम भइसकेका छन् । तर, प्रदेश १ ले कहिले नाम पाउँछ भन्ने टुंगो भने अझै लागेको छैन ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961