अग्रिम टिकट बुकिङ खुल्ला असोज १ गतेबाट

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकले आगामी असोज १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो ।

घरमै बसेर अग्रिम टिकट अनलाइन मार्फत बुकिङ गर्न सकिने विभागले जनाएको छ । बैठकले अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारी साधनको विभिन्न निकायसँग सहकार्य गरी प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय गरेको छ ।

विभागले कोभिड–१९ को महामारीलाई मध्यनजर गरी मास्क लगाएर या अन्य स्वास्थ्य मापदण्ड पालना गरी गाडी चलाउन आग्रह गरेको छ । यातायत व्यवसायीहरुले यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भीडभाड नहुने व्यवस्था मिलाउन विभागले आग्रह गरेको छ ।

विभागले यातायात आवागमनलाई सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका टे«लरलगायत ठूला सवारी साधन असोज १५ गतेदेखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालनमा रोक लागएको छ ।

त्यसैगरी यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961