गठबन्धनमा जसपालाई कमजोर बनाउने षडयन्त्र हुँदैछ, आत्मघाती निर्णय गर्दैनौ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा सम्मानजनक स्थान नदिइए जसपा गठबन्धनमा बस्न बाध्य नहुने दोहर्याएका छन् । काठमाडौँमा गठबन्धनबाट बाहिर गएर जसपा एक्लै निर्वाचन लड्ने चेतावनी दिएका यादवले जनकपुरधाममा फेरी सो चेतावनी दोहर्याएका हुन् ।

पिछडावर्ग महासंघ ९ओबिसी०को राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले गठबन्धनको नाममा आत्मघाती कदम उठाउन बाध्य नरहेको बताए । लोकतन्त्र र संविधानमाथि आक्रमण गर्ने अभिप्रायले प्रतिनिधिसभा भंग गरिँदा जसपा नै सबैभन्दा पहिले सडक आन्दोलनमा उतारिएको दावी गर्दै यादवले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि गठबन्धनमा जान तयार भएको बताए ।

लोकतन्त्र र संविधानको रक्षाका लागी जसपाले सडक आन्दोलन गर्यो,’ जसपा अध्यक्ष यादवले भने ‘आज गठबन्धनमा जसपालाई कमजोर बनाउने षडयन्त्र हुँदैछ ।’ जसपा कुनै पनि हालतमा आत्मघाती निर्णय नगर्ने उनको दावी थियो । उनले भने ‘यद्यपि अहिले पनि हामी गठबन्धनबाटै अगाडी बढ्न तयार रहेका छौँ ।’

मधेसको शक्तिको रुपमा रहेको जसपालाई कमजोर बुझ्ने भुल भईरहेको छ, यादवले भने ‘जसपालाई कमजोर बुझ्ने भूल कांग्रेस र कम्युनिष्टले नगरोस् चेतावनी दिन चाहन्छु ।’


प्रतिक्रिया दिनुहोस्