१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।

नेपाल प्रहरीले आसन्न निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुला भएको आह्वान गरेको हो । म्यादी प्रहरीमा १ लाख १५ हजार जनाका लागि भर्ना खुलाइएको छ ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेबाट दरखास्त पेस गर्न सक्नेछन् । दरखास्त प्रहरी परिसर (काठमाडौं , ललितपुर र भुक्तापुर) र सबै जिल्ला प्रहरी कार्यालयमा पेस गर्न सकिनेछन् ।

दरखास्त पेस गर्ने अन्तिम मिति असोज ६ गतेसम्म तोकिएको छ । दरखास्त पेस गरेका उम्मेदवारहरुले सम्बन्धित प्रहरी कार्यालयमा असोज ७ गते सम्पर्क गर्नुपर्नेछ ।

प्रारम्भिक छनोट प्रक्रिया असोज ९ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम नतिजा प्रकाश असोज २५ गते हुनेछ । असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म प्रशिक्षण सञ्चालन हुनेछ ।

निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्