९औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ताप्लेजुङका खेलाडीलाई प्रदेश स्तर छनोटका लागि विदाई

ताप्लेजुङ । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यहि भाद्र २९ गते देखि असोज ८ गतेसम्म हुने प्रदेश स्तरको छनोटका ताप्लेजुङबाट छनोट भएका खेलाडीहरुलाई लागि विदाई गरिएको छ ।

सोमबार जिल्ला खेलकुद बिकास समितीको कार्यलयमा एक कार्यक्रमको आयोजना गर्दै छनोट भएका १७० जना खेलाडीहरुलाई शुभकामना दिँदै प्रदेश स्तरको छनोटका लागि विदाई गरिएको हो ।

कार्यक्रमाका प्रमुख अतिथी समेत रहेका फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन, जिल्ला खेलकुद बिकास समिती ताप्लेजुङका अध्यक्ष नरेन्द्र कुमार लिम्बू लगायत अतिथिहरुले खदा साथै अबिर लाएर विदाई गरेका हुन् ।

फुटबल, भलिबल, करौते, एथलेटिक्स, तेक्वान्दो, बक्सिङ, कवड्डी, बुद्धिचाल, टेवलटेनिस, ब्याडमिन्टन, रुबि र प्यारा ग्लाईडिङ गरी १२ खेलका विधाहरुमा जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेश १ का प्रदेशका १४ वटा जिल्ला सँग प्रतिस्पर्धा गरि छनोटमा परेकाहरु खेलाडीले मात्र रास्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने जिल्ला खेलकुद बिकास कार्यलयका अधिकृत योज्ञनरी पौडेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख मादेनले विदाई शुभकामना व्यक्त गर्दै खेलाडीहरुमा इमानदारी, धैर्यता र इच्छाशक्ति हुनु पर्नेमा जोड दिए ।

साथै उनले जिल्ला देखि छनोट भएका खेलाडी प्रदेशमा छनोट हुदै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई जित हात पार्न सकेमा उत्त खेलाडीहरुलाई नगरपालिकाको तर्फबाट सम्मान गर्ने बताए ।

त्यस्तै जिल्ला खेलकुद बिकास समिती ताप्लेजुङका अध्यक्ष नरेन्द्र कुमार लिम्बूले प्रदेशको छनोट तराई केन्द्रि रहेको बताउँदै हाल फैलि रहेको डेङ्गो रोगबाट खेलाडीहरुलाई आयोजकले सुरक्षित बनाउन आग्रह गरे । उनले भने,‘ प्रदेशको छनोट तराई केन्द्रित रहेकोले अहिले फैलिरहेको डेङ्गो रोगबाट खेलाडीहरुलाई आयोजकले सुरक्षित बसाउन र सुरक्षा सामग्री प्रबन्ध राम्ररी मिलाउनु पर्छ ।’
सम्पुर्ण खेलाडीहरु, ब्यबास्थापकहरु साथै प्रशिक्षकहरुको सम्पुर्ण खर्च भने १ नं. प्रदेश खेलकुद बिकास समितिले व्यहोर्ने छ भने छनोट खेल तराईका विभिन्न जिल्लामा सञ्चालन हुने छ । आगामी असोज २९ गते देखि हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता कार्तिक ५ गतेसम्म सञ्चालन हुने छ ।


प्रतिक्रिया दिनुहोस्