साफ यू १७ च्याम्पियनसिप : उपाधिकाका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । साफ यू १७ च्याम्पियनसिपको उपाधिकाका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।

श्रीलंकामा जारी यो प्रतियोगिताको फाइनल खेल आज राति सवा ८ बजे सुरुहुने छ । समूह चरणमा भारतमाथि जीत निकालेकाले पनि नेपाली टिमको मनोबल भने उच्च रहने छ ।

डिफेन्डिङ च्याम्पियन भारत जतिबेला पनि खेलमा फर्कन सक्ने भएकाले फाइनल खेल निकौ प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

सेमिफाइनलमा नेपालले घरेलु टोली श्रीलंकाविरुद्ध ६–० को फराकिलो जीत दर्ता गरेको थियो भने भारतले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले समूह चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्