तेस्रो ताप्लेजुङ अन्तरपालिका फुटसलको उपाधि फक्ताङलुङलाई

काठमाडौं । तेस्रो ताप्लेजुङ अन्तरपालिका फुटसलको उपाधि फक्ताङलुङ गाउँपालिकाले हात पारेको छ । शनिबार काठमाडौँको प्राइम फुटसलमा भएको फाइनल खेलमा फुङलिङ नगरपालिकालाई हराउँदै फक्ताङलुङले उपाधि हात पारेको हो ।

ताप्लेजुङ युवा समाज काठमाडौंको आयोजनामा सम्पन्न भएको उक्त खेलमा फक्ताङलङ बिले नगरपालिकालाई ३—० ले हराउँदै उपाधि जितेको हो । खेलको उत्कृष्ट खेलाडी फक्ताङलुङका आङछिरिङ शेर्पा, उत्कृष्ट गोल किपर फक्ताङलुङकै विशेष लामा र सर्वाधिक गोलकर्ता मिक्वाखोलाका संजोक मादेन बनेका छन् ।

त्यस्तै महिला तर्फको उपाधि भने ताप्लेजुङ युवा समाजले हात पारेको छ । फक्ताङलुङ स्पोर्टिङ क्लबलाई हराउँदै युवा समाजले जित हासिल गरेको हो ।

विजेता तथा उपविजेताहरुलाई नेकपा एमालेको सचिव तथा पूर्वमन्त्री योगेश भट्टराई एमाले नेता शिवकुमार गुरुङ, नेपाली कांग्रेस ताप्लेजुङकी युवा नेत्री शिला ईजम, नेकपा माओवादी वाईसीएल उपाध्यक्ष मिङ्माडण्डु लामा, ताप्लेजुङ सरोकार केन्द्रका निर्वतमान अध्यक्ष चित्रगुप्त साँवा महासचिव सन्तोष मादेन लगायतले पुरस्कार वितरण गरेका थिए । 

पुरुष तर्फको खेलमा १० टीम र महिला तर्फ ४ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्