दलबहादुर बने पाथीभरा म्याराथनको विजेता

ताप्लेजुङ । यस बर्षको पाथीभरा म्याराथन दौडको विजेता जुम्लाका दलबहादुर कुँवर बन्न सफल भएका छन् । आज भएको म्याराथन दौडमा ४ घण्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी ५४ किलोमिटर पार गरी कुँवर बिजेता बनेका हुन् ।

त्यस्तै नेपाली सेनाका खगेन्द्रबहादुर भाटले ४ घण्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरी दोस्रो बनेका छन् । तेस्रो भने नेपाली सेनाकै राजन मेन्याङ्वो बनेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा १ सय ३५ जना सहभागी थिए । प्रथमले १ लाख ५१, दोस्रोले १ लाख ३१ र तेस्रोले १ लाख ११ हजार प्राप्त गर्ने छन् ।

सदरमुकाम फुङलिङको पाथिभरा चोकबाट सुरु भएको प्रतियोगिता सुकेटार, काफ्लेपार्टी, पाथिभरा मन्दिर पुगेर सदरमुकामस्थित तोक्मेमा पुगेर टुंग्याइएको हो ।

प्रतियोगिता बिहान ७ बजेर ३५ मिनेटमा सुरु भएको हो । पूर्वको धार्मिकस्थल पाथिभराको प्रचारप्रसार गर्ने उद्देश्यले ताप्लेजुङमा मंगलबार देखि शुरु भएको ‘ताप्लेजुङ पर्यटन महोत्सव’ आज सकिदै छ ।


प्रतिक्रिया दिनुहोस्