बाबुराम भट्टराईले मंसीर ४ को प्रतिनिधिसभा चुनाव नलड्ने

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् ।

सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’

२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएकोमा उनले आभार व्यक्त गरेका छन् ।

आफूले तीन पटक चुनाव जितेर गोरखाको दुरगामी विकासमा योगदान पुर्याएको र भौतिक पूर्वाधार बनाएको पनि उनले लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्