साउनयता नेपालमा डेङ्गुबाट ४२ जनाको मृत्यु हुँदा संक्रमित संख्या ३१ हजार नाघ्यो, पानी निरन्तर परिरहेकाले अझै फैलिन सक्ने

काठमाडौं । डेङ्गुका कारण साउनयता नेपालमा ४२ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गु भएर ४२ जनाको ज्यान गएको पुष्टि भएको छ ।

डेङ्गुका संक्रमितको संख्या ३१ हजार नाघेको छ । पानी निरन्तर परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाले जनाएको छ ।

बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गुको संक्रमण केही कम हुने आंकलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको छ । डेङ्गुबाट जोगिन घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन चिकित्सकको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस्