कसरी आयो दक्षिणाको प्रचलन ?

काठमाडौं । नेपाली हिन्दुहरुको महान चाड दशैं सकिनै लागेको छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो । तर, ,खर्चसँगै दशैँको अर्को पाटो आम्दानी पनि हो । नेपालीहरुले दशैँमा दक्षिणा स्वरुप बढी पैसा आर्जन गर्दछन् ।

भारत वर्षको गुरुकुलमा विद्यार्थी जब पढ्न जान्थे त्यतिबेला उसको परिवारको सेवा गर्दथे अथवा यदि सम्पन्न परिवारका भए केही शुल्क दिएर विद्या प्राप्त गर्दथे । प्रायः दिनेवाला कम संख्यामा हुन्थे र अधिकांश सेवासुश्रूणबाटै विद्या प्राप्त गर्दथे ।

यस्ता विद्यार्थी आफ्नो शिक्षा समाप्त गरेर जब घर जाने समय आउँथ्यो तब गुरुको सम्मान र श्रद्धास्वरुप केही भेटी अर्पित गर्दथे जसलाई दक्षिणा भनिन्थ्यो । पछि पछि गुरुदक्षिणाको नजिर नै बन्यो र अत्यन्त गरिब विद्यार्थीपनि केही न केही दक्षिणा दिन थाले ।

दक्षिणालाई विद्यानमा आवश्यक रुपबाट वैद्य मानिएको छ । पढ्ने विद्यार्थीले स्वेच्छाले दिने द्रव्य, फल, पुष्प र मिष्ठान्न र दक्षिणासहित गुरुको पुजा गर्ने गर्दछन् । कालिदासले पनि कैत्सका गुरु वरतंतुलाई दक्षिणा दिएको कथा हामीले पढेका छौं जुन कुरा रघुवंश, पण्चम्, २०–३० पेजमा छ ।

योसँगै अर्को जान्नैपर्ने कुरा, दक्षिणा धार्मिक क्रियाकलापको सम्बन्धसँगपनि जोडिन्छ । यज्ञ बिना दक्षिणाको पूर्ण नहुने र उसका कुनै फल हुँदैन । यज्ञ पूर्ण भएपछि ब्राम्हण र पुरोहितलाई तुरुन्त दक्षिणा दिइन्छ र उसलाई कुनैपनि अवस्थामा बाँकी राखिँदैन ।

बाँकी राख्यो भने समयको अनुपातबाट बढ्दै जान्छ । दक्षिणा नदिने ब्रह्मस्वापहारी, अशुचि, दरिद्र, पातकी, व्याधियुक्त तथा अन्य अनेक कष्टबाट ग्रस्त हुन्छ । उसको लक्ष्मी हराउँछिन्, अधोगति मिल्नेछ भनेर ब्रह्मवै, प्रकृतिको ४२ औँ पानामा चर्चा गरिएको पाइन्छ ।

यज्ञको दक्षिणा नदिने राजा हरिश्चन्द्रलाई विश्वामित्रले दण्डित गरे, यो कथा पुराणमा, मार्क अध्यायको पाना ७–८ मा चर्चा गरिएको छ । यसैकारण आजपनि हाम्रो समाजमा धार्मिक कार्य, यज्ञ र सांस्करिक अवसरमा मुख्य पक्षको रुपमा राखिएको छ । दक्षिणा स्वर्ण, रजत, सिक्का, अन्न, वस्त्र आदिको रुपमा दिने गरिन्छ ।

यजमानको श्रद्धा तथा वित्तीय स्थितिनुसार थोर–बढी हुनसक्छ । दक्षिणाको सम्बन्ध धार्मिक भाव उत्पन्न गर्ने सिलसिलामा दक्षिणाको यज्ञ पुरुषबाट स्त्रीको रुप हुँदै देवकथाको विकासक्रम भएको ब्रह्मवै, प्रकृतिको ४२ औँ पानामा उल्लेख गरिएको छ ।

दक्षिणालाई पछिल्लो समय वस्तुवादी बनाइएपनि परम्परालाई निरन्तरता दिइरहनु पनि चाडको आफ्नै मौलिकता बाँकी रहनु भएको जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्